सुन तथा चाँदीको मुल्यमा गिरावट

 ग्लोबल टिभि           0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्यमा आइतबार गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेर ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार चाँदीको भाउमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३८ डलर तथा चाँदीको मुल्य २६.७५ डलर कायम भएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *