अवहेलना मुद्दामा प्रचण्डको लिखित जवाफ, अदालतलाई धम्क्याएको दावीमा सत्यता छैन

 ग्लोबल टिभि           0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आँफै उपस्थित भएर आज (आइतबार) सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले दाहाल विरुद्ध मुद्दा दर्ता गरेपछि अदालतते उनलाई आँफै उपस्थित भई लिखित जवाफ दिनु भनेपछि आज दाहाल स्वयम अदालत उपस्थित भएका हुन् ।

आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको उनले पेश गरेको लिखित जवाफमा उल्लेख छ ।

दाहालले पेश गरेको १० बुँदे लिखित जवाफको बुँदा ५ मा भनेका छन्, “निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो । यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो । यो संविधान प्रदत्त वाक तथा प्रकाशन स्वतन्त्रता हो ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *