धादिङमा यात्रुबाहक बस दुर्घटना, तेह्र घाइते

 ग्लोबल टिभि           0

बिकास रौनियार, धादिङ । धादिङमा तीनवटा यात्रुबाहक बस एक आपसमा ठोकिएर दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।

धादिङबेशिबाट काठमाडौ आउँदै गरेको बा ३ ख ८९०४ नम्बरको यात्रुबसलाई सुर्खेतबाट काठमाडौ आउँदै गरेको ना ५ ख ४४९१ नम्बरको यात्रुबसले उछिन्ने क्रममा काठमाडौ बाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउपालिका वडा नम्बर–७ स्थित खेस्टे खोलामा भएको दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । घाइतेको स्वास्थ्य सेवा केन्द्र गल्छिमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *