यी हुन् मापसे गरेर स्कुल बस चलाउने चालक(भिडियोसहित)

 ग्लोबल टिभि      आइतवार, भदौ १९, २०७९      0

अभिषेक– मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् । पछिल्लो समय ट्राफिक प्रहरीले विद्यालय बस चालककेन्द्रित चेकजाँच गरिरहेको छ ।

मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकहरूलाई ट्रापिक प्रहरीले आइतबार कारबाही गरेको छ । काठमाडौँको कलंकीस्थित एलआरआई स्कुल, धोविघाटस्थित आइडलमोडेल स्कुल, तीनकुने स्थित कौटिल्या स्कुल र चोभार स्थित मोडर्न ईन्डियन स्कुलका चालकलाई प्रहरीले कारबाही गरेको हो । उनीहरुले मादक पदार्थ सेवन गरेर विद्यार्थीलाई ओसारपसार गरिरहेकै अबस्थामा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

मापसे गरेर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराईएको प्रहरीले जनाएको छ । मापसे गरेका चालकलाई कारबाही गरेर अर्को चालक मार्फत विधार्थीहरुलाई गन्तव्यमा पठाईएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले साउन ३० गतेबाट शुरू गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियान अहिले पनि जारी छ । ट्राफिक प्रहरीले अहिलेसम्म मापसे गरेर सवारी साधन चलाँउदै गरेका ३१ जना स्कुल बसका चालकलाई कारवाही गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *