पुरातत्व विभागप्रति मेयर शाक्यको आक्रोस, कारबाही गर्ने चेतावनी

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन १६, २०७७      0

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित भएका छन् ।

आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा उनले पुरातत्व विभागमाथि आक्रोस पोखेका हुन् ।

पुरातत्व विभागकै कारण सम्पदा पुनर्निमाणमा विवाद आउने गरेको उनको आरोप छ ।
कमलपोखरी निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको उनको बुझाइ छ । विभागले जनतालाई लडाएर अगाडि बढ्न खोजे कारबाही गर्ने मेयर शाक्यले चेतावनी दिए ।

‘महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन सकेका छैनन् । तर, त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको छ ।’ उनले भने ।

मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणसंग पनि गुनासो गरेका छन् । कुनैपनि विवादमा प्राधिकरण मौन बसेको कारण निर्माण कार्यमा ढिलाई भएको उनको बुझाइ छ । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको पनि उनले आरोप लगाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *