दोलखामा प्यान नम्बर लिनेको संख्यामा वृद्धि

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १७, २०७७      0

दोलखा , डम्बर चौलागाईं 
दोलखामा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान नम्बर) लिनेको संख्या बढेको छ। पाँच महिनाको अवधिमा चार सय ८९ जनाले व्यक्तिगत प्यान नम्बर लिएका छन् । त्यस्तै ६ सय ९७ जनाले व्यवसायको आयकर दर्ता गरेर प्यान लिएका छन् ।

त्यसैगरी ६९ जनाले अन्त–शुल्क दर्ताको प्यान नम्बर लिएका छन् भने कार्यालय प्रायोजनको लागि २६ वटा डब्लु प्यान दर्ता भएको छ ।
कर कार्यालय दोलखाका कर अधिकृत देवानन्द काफ्लेका अनुसार ६७ वटा भ्याट दर्ता भएको छ ।

 कर कार्यालय बसेपछि दोलखाबाट पाँच महिनाको अवधिमा ७ करोड १७ लाख ६० हजार २ सय १८ रुपैयाँ राजस्व उठेको अधिकृत काफ्लेले जानकारी गराए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *