दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई भन्यो– पार्टी आधिकारिकताको निर्णय छिट्टै गरिदिनु

प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रमको निर्णय मान्य नहुने

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १७, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको सचिवालय बैठकले स्थायी तथा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न स्थायी तथा केन्द्रीय कमिटीे बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, बैठकले पार्टीको आधिकारिकताको लागि दाबी गरिएअनुरुप संविधान र दल ऐन अनुसार छिट्टै निर्णय गरिदिन निर्वाचन आयोगसंग अनुरोध पनि गरेको छ ।

प्रमुख सतेचतबाट देव गुरुङलाई हटाउने निर्णय मान्य नहुने पनि प्रवक्ता श्रेष्ठले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *