सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा भयो त कारोबार ?

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १७, २०७७      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउ सोमबार भने बढेको छ ।
आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३८ डलर तथा चाँदीको मुल्य २६.७५ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *