ग्लोबल टिभि
0
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
सोमबार काठमाडौमा भएको कार्यक्रममा मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न सरकारले निःशुल्क दाउरा उपलब्ध गराउने बताए । यसको निम्ति वन मन्त्रालयले गृहकार्य अगाडी बढाएको र चालु आर्थिक वर्षभित्रै लागु गरिने उनको भनाइ छ ।
आफुले खुल्ला चिडियाखानाको अवधारणा अगाडी बढाएको पनि उनले दावी गरे । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडी बढाउनको निम्ति मन्त्रालयमा छलफल भइरहेको उनको भनाइ छ ।
Post Views: 1,310
Leave a Reply