धादिङ घटनाः डोजरले ठक्कर दिँदा घाइते भएकी महिलालाई ज्युँदै पुरियो(भिडियो सहित)

अमानवियाताको पराकाष्ठा

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन १८, २०७७      0

सोमबार दिउँसो घाँस बोकेर घरतर्फ फर्किरहेकी त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीय सरस्वती कुमाललाई बाटो खन्दै गरेको डोजरले ठक्कर दिएको थियो ।

बाटो काट्ने क्रममा डोजरले ठक्कर दिएपछि उनी घाइते भइन् । घाइते ४५ वर्षीय कुमाललाई डोजर चालकले उद्धार गर्नुको सट्टा सडक किनारमा नै खाल्डो खनेर पुरिदिए । डोजर चालकले कुमाललाई पुरेको स्थानीयले जानकारी पाएपछि आक्रोसित बनेका उनीहरुले डोजरमा आगो लगाइदिए । चालक भने अहिलेसम्म फरार छन् ।

‘हामीले महिला पुरिएको भनेको ठाउँमा खनेर हेर्र्यौ । त्यहाँ पुरिएको अवस्थामा महिलाको शव थियो । हामीले चालकको खोजी र घटनाको विस्तृत अनुसन्धान थालेका छौं ।’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले भने ।

घटनाको उचित छानविन र दोषीमाथि कारवाहीको माग गर्दै अहिले स्थानीयले प्रदर्शन गरिरहेका छन् । उनीहरुले महिलाको शव उठाउन पनि दिएका छैनन् ।

सडक निर्माणको जिम्मा लिएको निर्माण कंपनी अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले बताएको छ ।
सल्यानटार सडक खण्ड पीच गर्नका लागि बाटो फराकिलो बनाउन उक्त डोजर खटाइएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *