ग्लोबल टिभि
आइतवार, भदौ २६, २०७९
0
भदौ २६– ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो ।
तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।
महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराउँदैछ ।
Post Views: 525
Leave a Reply