ग्लोबल टिभि
0
भदौ २६– नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी तैनाथ अवस्थामा रहेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्न तयारी अवस्थामा रहेको प्रहरी उच्च स्रोतले बताएको छ । उनी विमानस्थलबाट ओर्लनसाथ पक्राउ पर्ने छन् । प्रहरी स्रोतका अनुसार उनी आज साँझ त्रिभुवन विमानस्थलमा आईपुग्ने छन् ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।
लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
Post Views: 3,301
Leave a Reply