ग्लोबल टिभि
मङ्लबार, फाल्गुन १८, २०७७
0
वन तथा वातावरण मन्त्री प्रेम आलेले आफुलाई एक अर्ब रुपैयाको आर्थिक प्रलोभन आएको खुलासा गरेका छन् ।
मंगलबार काठमाण्डौंमा भएको एक कार्यक्रममा मन्त्री आलेले आफुलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्व रुपैयाँको आर्थिक प्रलोभन देखाईएको बताएका हुन् । गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो । सरकारी निर्णयको एक महिना पछि विभागीय मन्त्रीको यस्तो भनाइ आएको हो ।
तर, कुन व्यक्ति वा समूहबाट प्रलोभन देखाइएको थियो भन्नेबारेमा भने मन्त्री आलेले खुलाएका छैनन् ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बद्नाम पार्ने काम भएकाले खारेज गर्नका लागि प्रधानमन्त्रीले आफुलाई वन मन्त्रालयको जिम्मेवारी सुम्पिएको पनि उनले बताए ।
Post Views: 984
Leave a Reply