२७ किलो गाँजासहित एक जना पक्राउ

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १९, २०७७      0

बिकास रौनियार,धादिङ ।

धादिङको गजुरी गाउँपालिका स्थित घाटबेशी बजारबाट २७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका–४ का २३ वर्षिय राजकुमार चेपाङ रहेका छन् ।

लागु औषध चरेश खरिद बिक्रि भईरहेको सुचनाको आधारमा बाटोमा हिँडिरहेका ३ जना युवाहरूलाई सोधपुछ गर्दा गाँजा बरामद भएको प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिएका हुन्।

सोधुपुछ गर्न थालेपछि झोला फालेर उनीहरु भागेका थिए । भागेका तीन जनामध्ये चेपाङलाई पक्राउ गरिएको र अन्य दुईजना भने फरार रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपनिरीक्षक युवराज खड़काले जानकारी दिएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *