दुई स्वतन्त्र मेयर बालेन र हर्क : धरानमा पानी, काठमाडौंमा डोजर(भिडियोसहित)

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २८, २०७९      0

विनोद– देशभरका ७ सय ५३ स्थानीय तहका नयाँ जनप्रतिनिधिले आफ्नो सयदिने कामको प्रगति विवरण सार्वजनिक गरिरहेका छन् । तीमध्ये अधिकांश स्थानीय तहमा प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादीका जनप्रनिधि छन् । तर, देशकै संघीय मुकाममा रहेको काठमाडौं महानगर र पूर्वको धरान उपमहानगरपालिकामा भने दुई स्वतन्त्र जनप्रतिनिधिले गरेको कामले देशभर चर्चा पाइरहेको छ ।

यी दृश्य हुन्, धराने जनताको घरआगनमा झेरेको पानी र काठमाडौंमा रहेका अनाधिकृत संरचनामा चलेको डोजरको । यतिबेला देशभरका ७ सय ५३ वटै स्थानीय तहका जनप्रतिनिधिले सयदिने कामको प्रगति विवरण सार्वजनिक गरिरहेका छन् । अन्य स्थानीय तह सयदिनमा गुमनाम जस्तै देखिएपनि काठमाडौं महानगर र धरान उपमहानगरपलिकाले गरेको कामको उल्लेख्य चर्चा भइरहेको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाहले अनधिकृत संरचना हटाउन शुरु गरेको डोजर अभियानले चर्चा बटुलिरहेका छन् भने धरानका मेयर हर्क सामपाङ राईले धराने जनतालाई पानी खुवाउन गरेको काम र बृक्षारोपण कार्यक्रमले चर्चा पाइरहेका छन् । आफ्नो चुनावी प्रतिबद्धता अनुसार मेयर बालेन्द्रले काठमाडौंको फोहोर व्यवस्थापनमा काम गरिरहेका छन् ।

सुरुमा फोहोर व्यवस्थापनमा आलोचित बनेका मेयर बालेन्द्रले पछिल्लो समय महानगर भित्र बनेका अनाधिकृत संरचनामा डोजर चलाउने अभियानले उनको चर्चाको ढोका खोलिदिएको छ । मेयर शाहले डोजर अभियानमा अनाधिकृत रुपमा बनाइएका ठुला घरानाको संरचना नै भत्काएका छन् । जसका उदाहरण हुन् काठमाडौं मल, अल्फाविटा, आरवी कम्प्लेक्स । बालेन्द्रको सयदिने प्रगती विवरणमा डोजर अभियानका अलवा मनोरञ्जन कर बुझाउन सरकारी निकायलाई गरेको ताकेता, फुटपाथ र अव्यवस्थित पार्किङ हटाउनु हो । उनको कामको नागरिक स्तरबाट खुलेरै प्रशंशा भइरहेको छ ।

त्यस्तै धराने जनतालाई पानी खुवाउने प्रमुख नारा लिएर धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क सामपाङ राईको चर्चा पनि कम छैन् । उनले धरानका जनतालाई पानि खुवाउनका निमित्त कुनै कसर बाकी राखेका छैनन् । धराने जनतालाई पानी खुवाउन दिनरात लागि परेका राईले धरानका स्थानीयको घर–आगनमै पानी झारेपछि त उनको चर्चा झनै चुलिएको छ । नागरिकको श्रमदानले सोमबार खर्दु र निसानेको पानी धरान शहरमा झारेपछि स्थानीय खुसीले नाचिरहेको देखिएको छ ।

दुई स्वतन्त्र मेयर बालेन्द्र शाहर हर्क सामपाङ राईले गरेको कामको चर्चा भइरहेको भएपनि अन्य स्थानीय तहका जनप्रतिनिधिले भने खास्सै काम गर्न सकिरहेका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.