सांसदलाइ कोभिड–१९ विरुद्धको खोप दिन सुरु

 ग्लोबल टिभि           0

प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसदलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पालमा दुबै सदनका सांसदलाई खोप दिन सुरु गरिएको हो ।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको हो ।

कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि सभामुख सापकोटाले छोटो प्रतिक्रिया दिँदै वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले सबै सांसदहरुले खोप लगाउनेमा आफु विश्वस्त रहेको बताए ।

दुबै सदनका सांसदहरुले खोप लगाइसकेपछि संसद सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकार लगायतकालाई लगाइने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *