ग्लोबल टिभि
0
विकास रौनियार, धादिङ । धादिङ सल्यानटारमा ज्यूँदै पुरिएकी सरस्वती कुमालको शव परिवारले बुझ्न मानेको छैन । मृतक कुमालको परिवारले दोषीमाथि कारवाहीको सुनिश्चितता नहुँदासम्म शव नबुझ्ने बताएको छ ।
कुमालको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा राखिएको छ ।
मृतकको परिवार, आफन्त र स्थानीयले दोषीमाथि कारवाही र क्षतीपूर्तिको माग राख्दै त्रिपुरासुन्दरी गाउँपालिका कार्यालयमा ताला लगाएका छन् ।
सोमबार दिउँसो गाउँपालिकाले निर्माण गरिरहेको धादिङवेशी सल्यानटार सडक खण्ड निर्माणमा प्रयोग भएको डोजरको ठक्करबाट घाइते कुमाललाई चालकले ज्यूँदै खाल्डोमा पुरेर मारेको आरोप लागेको छ ।
Post Views: 2,869
Leave a Reply