दाहाल–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटायो, सात नेता पार्टीबाट निलम्बित

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १९, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।

दाहाल–नेपाल समूहको आज काठमाडौमा बसेको केन्द्रिय कमिटिको बैठकले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गर्ने पनि निर्णय गरेको छ ।

बैठकले ओली समूहका नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।  त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय पनि गरेको छ ।

पार्टी हित विपरीत गतिविधिमा सक्रिय भएकोले कारबाही गरिएको दाहाल–नेपाल समूहले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *