ग्लोबल टिभि
0
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल २ हप्ता पछि धकेलिएको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश भएपनि सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
फागुन २० गतेका लागि बोलाइएको बैठक विषेश कारणले चैत २ गते सोमबार का लागि सारिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
बैठक बस्न एक दिनमात्रै बाँकी छँदा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारिएको जानकारी दिएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको भएपनि अहिलेसम्म उक्त प्रस्तावमाथि छलफल हुन सकेको छैन ।
Post Views: 1,101
Leave a Reply