महिला हिंसाका घटनामा राजनीतिक पूर्वाग्रह राखिदैन– आयोग

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १९, २०७७      0

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगले महिला हिंसाका घटनामा राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिवद्धता जनाएकी छन् । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्धालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन् । सवैधानिक आयोगका पदाधिकारीले बिना भेदभाव पदीय जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा संचारकर्मीले महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण हुने गरेको र राजनीतिकै आडमा घटनामा संलग्नहरुमाथि कारवाही हुन नसकेको भन्दै आयोगको भूमीकामा प्रश्न उठाएका थिए ।
जवाफमा अध्यक्ष पराजुलीले महिला हिंसाका घटनामा राजनैतिक आग्रह–पूर्वाग्रहका आधारमा कुनै सम्झौता नगरिने स्पष्ट पारेकी हुन् । हिंसामा परेका महिलालाई आर्थिक उन्नतिको बाटोमा नल्याउँदासम्म उनीहरु हिंसामुक्त हुन नसक्ने अध्यक्ष पराजुलीको तर्क छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *