एमालेले तयार गर्‍यो समानुपातिकतर्फका ३३० उम्मेदवार

 ग्लोबल टिभि      आइतवार, अशोज २, २०७९      0

असोज २– नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम तयार पारेको हो ।

यी नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् ।

जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ । त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् ।

समग्रमा ५७ जना महिल र ५३ जना पुरुषको नाम समानुपातिक सूचीमा रहने उपमहासचिव गुरुङले बताए । एमालेले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पनि तयार गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *