ग्लोबल टिभि
शुक्रबार, फाल्गुन २१, २०७७
0
अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले खातुनलाई आईडब्ल्यूओसी पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
मुस्कान १५ वर्षको छँदा एक किशोरको प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन् ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।
Post Views: 1,210
Leave a Reply