थप उपचारका लागि काठमाडौं नजाने गोविन्द केसीको अडान

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज ४, २०७९      0

असोज ४– धनगढीमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो ।

सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए । उहाँ धनगढी मै बस्ने अडानमा हुनुहुन्छ । जतिसक्दो चाडो सरकारले माग सुनुवाई गर्‍यो त्यसपछि मात्र थप उपचार गराउने भन्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ, सुवेदीले भने ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको पेटमा कडा खालको अल्सर देखिएको बताएको छ । ९ दिनदेखि भोक हड्तालमा रहेका केसीलाई सेती प्रादेशिक अस्पतालका विज्ञ टोलीले हेर्दै आएका छन् । उनमा धेरै कमजोरी, टाउको दुख्ने, रिँगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, जस्ता समस्या देखिएको अस्पतालले जनाएको छ । उनको शरिरमा रक्तचाप र अक्सिजनको मात्रा कम, मांशपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखिएको अस्पतालले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.