ग्लोबल टिभि
मङ्लबार, अशोज ४, २०७९
0
असोज ४– काठमाडौंको गोठाटारमा गोली लागेर उपचारको क्रममा ज्यान गुमाएका सर्लाही घर भएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार गोली लागेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरीरमा ४ गोली लागेको बताएका हुन् । पोस्टमार्टममा संलग्न चिकित्सकहरूका अनुसार मोहम्मदको टाउकोमा २ गोली लागेको छ । दाहिने छातीमा १ गोली र दाहिने तिघ्रामा १ गोली लागेर उनको मृत्यु भएको चिकित्सकको प्रारम्भिक पोस्टमार्टम रिपोर्टबाट थाहा भएको छ ।
कागेश्वर मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का संचालक मोहम्मदलाई गोली लागेपछि प्रहरीले सुरुमा शंकरापुर अस्पतालमा लगेको थियो ।
७ बजे उनलाई प्रहरी र परिवारले अस्पताल लगेका हुन् । शंकरापुरबाट उनलाई महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा लगिएको थियो ।
Post Views: 841
Leave a Reply