समानुपातिक निर्वाचन प्रणाली दुरुपयोग गर्दै दलहरु, शीर्ष नेताहरुको हस्तक्षेपकारी भुमिकाले प्रणालीबारे नै प्रश्न(भिडियोसहित)

 ग्लोबल टिभि      मङ्लबार, अशोज ४, २०७९      0

विनोद/संजय- प्रत्यक्ष निर्वाचन प्रणालीले अल्पसंख्यकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै नेपालमा समानुपातिक निर्वाचन प्रणालीको शुरुवात भएको थियो । नयाँ संविधान बनेपछि समानुपातिक निर्वाचन प्रणालीको शुरुवात भएको भएपनि जुन मक्सतका साथमा यो प्रणालीको शुरु गरिएको थियो, त्यो भने हुन सकेको देखिएको छैन । समानुपातिक प्रणालीमा शिर्ष नेताहरुको हस्तक्षेपकारी भुमिकाले प्रणालीबारे नै प्रश्न थालेको छ ।

नेपाल एक प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भएको मुलुक हो । २००७ सालदेखि २०७९ सालसम्म आइपुग्दा नेपालमा विभिन्न राजनीतिक पार्टीले आफ्नो सरकार गठन गरे । १ सय ४ बर्षीया राणा शासनको अन्त्यपछि नेपालमा जनताको मतबाट सरकार गठन प्रक्रियाको प्रारम्भ भयो अर्थात् निर्वाचन प्रणाली मार्फत देशको कार्यकारी पदमा जाने बाटो खुल्यो ।

अहिले मुलक २०७२ सालको संविधानमा टेकेर अगाढि बढिरहेको छ । जसको निर्वाचन प्रणालीमा प्रत्यक्ष र समानुपातिक गरेर प्रदेश र संघको जनप्रतिनिधि बन्न पाउने व्यवस्था छ । प्रत्यक्षतर्फको चुनावले अल्पसंख्यकको प्रतिनिधित्व हुन नसकेको भन्दै नेपालमा समानुपातिक निर्वाचन प्रणालीको पनि शुरुवात भएको थियो । तर समानुपातिकमा शिर्ष नेताहरुले आफु अनुकुल व्यक्ति चयन गर्ने र जुन प्रयोजनले समानुपातिक प्रणाली ल्याइएको हो त्यस विपरित समानुपातिक मनोनयन हुने क्रम बढेको छ । जसका काराण यो प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ ।

अहिलेको चुनाव प्रणालीमा राजनीतिक दलका शिर्ष नेताहरुको मनोमानी भएको स्पष्ट छ । आफ्ना नजिकका नातेदारदेखि स्वार्थ समुहलाई समेत समानुपातिक प्रणालीमार्फत् सांसद बनाउने परम्पराजस्तै बनिसकेको छ । अझ चुनाव हार्ने डर भएका शिर्ष नेताहरु नै समानुपातिक उम्मेदवार बन्ने क्रमको समेत शुरुवात भएको छ । आसन्न चुनावका लागि दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीले समेत त्यस्तै संकेत गर्छ । राजनीति बुझेकाहरु पनि देशका शिर्ष नेताहरुले संविधान र प्रणालीलाई आफु अनुकुल प्रयोग गरिरहेको स्वीकार गर्छन् ।

यता नागरिक पनि अहिलेको प्रणाली नेतामुखी भएको र जनमुखी नभएको बताउँछन् ।

समानुपातिक निर्वाचन प्रणालीकै कारण कुनै पनि दलको स्पष्ट बहुमत आउने अबस्था छैन । जसका कारण सरकार निर्माणमा समेत विभिन्न दलहरुका बिचमा सहकार्य आवश्यक हुन्छ । एउटै दलको मात्रै सरकार बन्न नसक्दा र सरकार बनाउने र गिराउने खेल शुरु हुने भएका कारणले अस्थीरताको विजारोपण समेत अहिलेको चुनावी प्रणालीका कारण शुरु भएको भन्दै आलोचना समेत हुने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *