समानुपातिकको बन्द सुचीमा को को अटाए !
कैलाश/वेद–आसन्न आम निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिकको बन्दसुची निर्वाचन आयोगमा बुझाईसकेका छन् । नयालाई प्राथमिकता दिने दाबी गरेपनि दलहरुको बन्दसुचीमा यसपटक पनि पुरानै अनुहार समेटिएका छन् । अर्कोतर्फ प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने चर्चा चलिरहेका कतिपय शिर्ष नेताहरु नै चुनाव हार्ने डरले समानुपातिक सांसद बन्ने लाइनमा पुगेका छन् ।
कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा कैलालीबाट आसन्न निर्वाचनका लागी प्रत्यक्ष चुनाव लड्ने चर्चा थियो । राणालाई कैलालीसहित देशका अन्य ५ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस गरिएको थियो । तर एकाएक सबैलाई चकित पार्दै उनी कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातीक तर्फको बन्द सुचिमा अटाएकी छन । २०७४ मा कैलाली क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनी रानासंग पराजीत भएकी उनी यसपटक पनी सोही ठाउबाट उम्मेद्वार बन्ने चर्चा थियो । तर सबैलाई चकित पार्दै उनि अन्ततः समानुपातीक तर्फको बन्द सुचिमा अटाएकी हुन ।
कांग्रेस पूर्वउपसभापति बिमलेन्द्र निधीको नाम पनि समानुपातिकको बन्द सुचिमा अटाएको छ । २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोसँग पराजित भएका उनी यसपटक समानु्पातिक कोटाबाट सांसद बन्ने तयारीमा छन् । कांग्रेसकै हाई प्रोफाईल नेता डा. प्रकाशशरण महतको नाम पनी समानुपातीक तर्फको बन्द सुचीमा छ । अघिल्लो निर्वाचनमा एमालेका इश्वर पोखरेलसँग काठमाडौँ क्षेत्र न्मबर ५ मा पराजित भएका उनी यसपटक नुवाकोटबाट चुनाब लड्ने चर्चा थियो । कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पनि समानुपातीकको बन्द सुचिमा परेका छन ।
प्रमुख प्रतिपक्षी दल एमालेले भने नयालाई प्राथमिकता दिएको दाबी गरेको छ । तर बन्द सुचिमा भने पुराना नेता पनि अटाएका छन् । पार्टिका पुराना नेता रघुजी पन्त र गोरखबहादुर बोगटीलाई एमालेले समानुपातीकको बन्दसुचिमा राखेको छ । अर्कोतर्फ उपाध्यक्ष रामबहादुर थापापत्नी नैनकला थापालाई पनि एमालले समानुपातिकको उम्मेदवार बनाएको छ । यता माओवादीबाट माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरालाई समानुपातिकको उम्मेद्वार बनाएको छ । उनले अहिलेसम्म प्रत्यक्षतर्फ लडेका कुनैपनि निर्वाचन हारेका छैनन् । तर यसपटक भने उनले समानुपातिकमा जाने निर्णय गरेको बताइएको छ । नेकपा एकीकृत समाजवादीले पनि पार्टीका केही शिर्ष नेताहरुलाई समानु्पातिकबाट सांसद बनाउने भएको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा. गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरी समानुपातिकको बन्दसूचीमा परेका छन ।
यस्तै अन्य दलहरुले पनी पुराना नेताहरुलाई नै उम्मेद्वार बनाउने गरी समानुपातिकको बन्दसुची निर्वाचन आयोगमा बुझाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको नाम बन्द सुचीमा राखेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशको सबै भूगोल, जाती र समावेशीता समेट्न नसकिने निष्कर्षसहित समानुपातिक निर्वाचन प्रणालीको शुरुवात भएको थियो । तर अहिले र यसअघिका चुनावमा समानुपातिक उम्मेदवारको सूची हेर्दा भने जुन मक्सतका साथामा निर्वाचन प्रणालीको परिकल्पना गरिएको थियो त्यसको ठिक विपरित काम भइरहेको छ ।
Leave a Reply