सिट बाँडफाँट टुङ्ग्याउन गठबन्धनमा भोलि बिहानैदेखि छलफल हुने

 ग्लोबल टिभि           0

असोज ४– प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेको गठबन्धनका नेताहरूले बुधबार टुङ्ग्याउने बताएका छन् । मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् ।

मंगलबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बुधबार बिहानैबाट पुन छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको जानकारी दिए ।

उनले यसअघि समस्या भएका धेरै स्थानको गाँठो फुक्दै गएको पनि बताए । तर कहाँ कहाँको गाँठो फुक्यो भन्ने प्रश्नमा उनले हतार नगर्न आग्रह गरे । ‘अहिले नै हतार नगर्नुस् न सबै कुरा हामी सार्वजनिक गरिहाल्छौँ नि’, पुरीको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *