इटहरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

 ग्लोबल टिभि      बुधबार, अशोज ५, २०७९      0

असोज ५– सुनसरीको इटहरी उपमहानगरपालिका–९ फूलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *