डा.केसी आफ्नै खर्चमा काठमाडौं आउने

 ग्लोवल टि.भी.      बुधबार, अशोज ५, २०७९      0

असोज ५– कैलालीको धनगढीमा अनसनरत डाक्टर गोविन्दा केसी उपचारका लागि बुधबार साढे चार बजे काठमाडौं आउने भएका छन् ।

डाक्टर केसी काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर केसी १० दिनदेखि अनशनरत छन् । चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर उनी आमरण अनसनमा बसेका हुन् । १० दिन लामो अनसनका कारण उनको स्वास्थ्यस्थिति कमजोर बनेको छ ।

डा.केसीलाई टाउको दुख्ने, रिँगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, धेरै कमजोरी, जस्ता समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उनको शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम भएको छ । यस्तै मांशपेशी सुक्दै गएको छ भने पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।

डा.केसीले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ लिएका छैनन् । मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएकाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न चिकित्सकले सुझाव दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.