ग्लोबल टिभि
0
असोज ५– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर गम्भीर संवैधानिक संकट निम्त्याएको बताएका छन् ।
बुधवार युवा संघको कार्यक्रममा उनले संसद्ले दुईपटक पारित गरेर पठाएको विधेयक अस्वीकार गर्नु गलत भएको बताए ।
“संसद्ले ठिक ठानेर फेरि पठाइसकेपछि राष्ट्रपतिले स्वीकार गर्नैपर्थ्यो । हिजो १५ दिनको समय बित्दा उनले स्वीकार गरिनन्,” उनले भने, “यसले गम्भीर संवैधानिक संकट निम्त्याएको छ । हामीलाई गम्भीर बनाएको छ, एकपटक संविधानको पालना नगर्ने राष्ट्रपतिले अरू पनि असंवैधानिक कदम चालेपछि के गर्ने ?”
Post Views: 1,113
Leave a Reply