चाडपर्व लक्षित सुरक्षा योजना लागू, काठमाडौंका मुख्य चोकदेखि प्रवेश नाकामा कडाई

अब पाकेटमारको हुने भयो भागाभाग... के दशैंमा ढुक्क होला ?

 ग्लोबल टिभि      बुधबार, अशोज ५, २०७९      0

अभिषेक/विजय- जिल्ला प्रहरी परिसर काठमाडौंले दसै, तिहार तथा छठ लगायत चाडपर्व लक्षित गरेर सुरक्षा योजना लागू गरेको छ । प्रहरीले प्रविधिको गरेर सिसिीटीभि मोनिटरिङ लागू गरेको हो । काठमाडौंको मुख्य–मुख्य चोक, व्यापारीक केन्द्र, आर्थिक कारोबार हुने स्थानहरू, काठमाडौं प्रवेश गर्ने नाका लगायतका स्थानहरूमा कडाई गर्ने भएको हो ।

काठमाडौं जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाई सुरक्षित वातावरणमा चाडपर्व भब्य रुपमा मनाउँन र सम्पन्न गर्न प्रहरीले सुरक्षा योजना, २०७९ तयार गरी लागू गरेको छ । प्रहरीले हरेक वर्ष चार्डपर्वको मुखमा विशेष चार्ड पर्व सुरक्षा योजना ल्याउने गरेको छ । त्यसअन्तरगत प्रहरीले यसपटक पनि चार्ड पर्व नजिकिएसँग सुरक्षा योजना ल्याएको हो ।

सुरक्षा निकायबीच उच्च समन्वयबाट प्रभावकारी तवरले सुरक्षाकर्मीहरूको परिचालन, सहज पहुँच र दुरुस्त कारबाहीमार्फत अपेक्षित जन–समुदायसमक्ष शीघ्र सेवा प्रदान गर्ने व्यवस्था मिलाई चाड पर्वमा सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्ने प्रहरीले लक्ष्य लिएको जिल्ला छ ।

विशेष सुरक्षा योजना अन्तरगत प्रहरीले सहज पहुँच भएको स्थानमा माग भएको ५–७ मिनेट भित्र प्रहरी पुग्ने, कानुन बमोजिम ततःक्षण कारबाही गर्ने, श्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने प्रहरीको उद्देश्य रहेको छ । दसैंलक्षित सुरक्षा योजनाका लागि ३ हजार ३ सय ४३ प्रहरी जनशक्ति परिचालन प्रहरीको गरिसकेको छ । प्रहरीले सामान्य र असामान्य गरी दुई वटा चुनौती पहिचान गरेको छ ।

जसअन्तरगत अवैध मदिरा बिक्री वितरण, झै झगडा, तास, जुवा, मापसे गरी ट्राफिक नियमको उल्लंघनलाई सामान्य चुनौती र समूह–समूहबीच हुन जाने झगडा, डकैती, हातहतियार तथा खरखजानाको प्रयोगलाई जटिल चुनैति मानेको छ । यि सबै चुनैतिलाई सहजरुपमा पार गर्न प्रहरीले प्रविधि लगायतको प्रयोगलाई पनि बढवा दिएको छ । प्रहरीले यसपटक सिसिीटीभि मोनिटरिङ गर्ने भएको छ । त्यस्तै ड्रोनबाट तस्बिर लिई सुरक्षा प्रदान गर्ने र अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गरी म्यन स्नीफिंग सहित ७६ ठाउँबाट मोटरसाईकल गस्तिपनि प्रहरीले गर्दै छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *