हेर्नुहोस्, कपनको आगलागीमा परी ज्यान गुमाउने ३ जना को–को थिए?

 ग्लोबल टिभि      बिहिबार, अशोज ६, २०७९      0

असोज ६ –काठमाण्डौको कपनमा भएको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाण्डौ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको ज्यान गएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिका–११ कपनमा हिजो बेलुका आगलागी भएको थियो । आगो गएराति नै निभाइएको छ । आगो निभाउन बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन विमानस्थलबाट एक–एक तथा काठमाण्डौ महानगरपालिकाबाट दुई गरी ९ वटा दमकल प्रयोग गरिएको थियो । यस्तै, १० वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *