रुकुम पूर्वमा बस दुर्घटना : घटनास्थलमै ४ जनाको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, अशोज ६, २०७९      0

असोज ६– रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको डीएसपी डाँगीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *