गठबन्धन बैठक छाडेर शीर्ष नेताहरु सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनमा

 ग्लोवल टि.भी.      बिहिबार, अशोज ६, २०७९      0

असोज ६– सत्ता गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष ​ नेता होटल याक एण्ड यती पुगेका छन् । शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् ।

सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम सहभागी भएका छन् ।

बालुवाटारमा कार्यदलसहित सिट बाँडफाँटको बैठक पछिल्लो समय अलि फरक ढंगले बस्दै आएको छ । विभिन्न कोठामा फरक दलका नेता बस्न छुट्याइएको छ । कोठा कोठामा बसेर एक पक्षीय, दुई पक्षीय र त्रिपक्षीय ढंगले कुराकानी भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.