सर्वेन्द्र पनि एमालेमा, मधेशमै पनि एमाले प्रवेशको लहर, स्वतन्त्रहरूले पनि रोज्न थाले

 एमालेएमाले प्रवेशको लहर बढ्यो, आक्रामक रुपमा चुनावमा होमिँदै एमाले

 ग्लोबल टिभि      बिहिबार, अशोज ६, २०७९      0

विकास/गणेश- नेकपा एमालेले निर्वाचन नजिकिएसँगै वृहत पार्टी प्रवेशसँगै प्रशिक्षणमा समय खर्चिरहेको छ । पाँच दलीय गठबन्धन विरुद्ध आफूलाई सशक्त रुपमा चुनावमा उभ्याउँन यस्तो रणनीति अपनाईरहेको छ ।

बिहिबार मात्रै पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराएको एमालेले चुनावमा एमालेलाई विजयी हुन कसैले रोक्न नसक्ने दाबी समेत गर्न थालेको छ । त्यतिमात्र नभएर मधेशमै पनि एमालेले आफलाई बलियो रुपमा उभ्याउन सक्दो प्रयास गरिरहेको छ । एमालेको यो प्रयासले उसलाई कति फाईदा गर्ला ?

नेकपा एमाले पाँच दलीय गठबन्धन विरुद्ध आफूलाई सशक्त रुपमा चुनावमा उभ्याउँन सक्दो प्रयास गरिरहेको छ । निर्वाचन नजिकिएसँगै उसले बृहत पार्टी प्रवेशसँगै प्रशिक्षणमा समय खर्चिरहेको छ । बिहिबार मात्रै पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराएको एमालेले चुनावमा एमालेलाई विजयी हुन कसैले रोक्न नसक्ने दाबी समेत गरेको छ । त्यतिमात्र होइन सर्वेन्द्र खनालसँगै आफूलाई स्वतन्त्र उम्मेदवार काठमाडौं क्षेत्र ६ को भनेर बृहत प्रचार गरिरहेका पूर्व विवेकशिल साझाका नेता उब्दुस मिया पनि एमालेमा खादा लगाएर भित्र्एि । उनिसहित दर्जन बढी युवाहरू बिहिबार मात्र एमाले प्रवेश गरेका छन् ।

एमाले प्रवेशको लहर मधेशमा पनि व्यापक छ । ३ असोजमा मात्रै पूर्वमन्त्री खोभारी राय यादव बालकोट एमाले अध्यक्ष केपी ओलीको निवासमा पुगेर पार्टी प्रवेश गरेका थिए । मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा थिए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका निर्वतमान सांसद उमाशंकर अरगरिया पनि ८ असोजमा एमाले प्रवेश गर्दै छन् ।

धनुषा–२ बाट अरगरियाले चुनाव जितेका थिए । ओलीले ३० भदौमा मात्रै माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत सहित दर्जनौंलाई नेकपा एमालेमा प्रवेश गरेका थिए । परियारले झण्डै १२ वर्ष माओवादी केन्द्रको चितवन जिल्ला अध्यक्ष भएर काम गरिसकेका थिए । परियार एमालेमा प्रवेश गरेपछि चितवनको खम्बा ढल्यो भनेर माओवादीकै नेताहरूले भन्दै आएका छन् । एमालेमा निर्वतमान सांसद् देखि जिल्ला र केन्द्रीय स्तरका नेताहरू देशभरबाट प्रवेश गरिरहेका छन् ।

एमालेको रणनीतिक चुनाव अघि बृहत पार्टी प्रवशे र प्रशिक्षण कार्यक्रम गरेर पाँच दलीय गठबन्धन बिरुद्ध चुनावमा होमिने देखिन्छ । तर, उसको त्यो प्रयास मतमा रुपान्तरण हुन्छ हुँदैन मंसिर ४ पछि मात्र थहाँ हुने छ । एमालेले स्थानीय तह निर्वाचन अघि मात्रै पनि माधव नेपाल र झलनाथ खनालबाहेक अन्यलाई पार्टीमा स्वागत छ भन्दै वृहत पार्टी प्रवेश गराएको थियो । ओली जहाँ–जहाँ संवोधन गर्न जान्थ्ये, सथौंको संख्यामा एमाले प्रवेश गराएर आएका हुन्थे तर, निर्वाचनमा एमालेले सोचेजस्तो मत प्राप्त गरेन । जसलाई एमालेले नै स्वीकार गर्ने गरेको छ । यसपटक पनि एमालेले आक्रामक रुपमा पार्टी प्रवेश गराईरहेको छ । के यसले एमालेलाई फाईदै होला ?

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *