भारतीय राष्ट्रकवी दिनकरको जन्मजयन्ती मनाईयो भारतिय राजदुताबासमा

 ग्लोबल टिभि      शुक्रबार, अशोज ७, २०७९      0

कैलाश/गणेश –भारतीय साहित्यकार रामधारी सिंह दिनकरको १ सय १४ औ जन्मजयन्ती मनाइएको छ । नेपाल स्थित भारतिय राजदुताबासले भारतिय राष्ट्रकवी दिनकरको सम्झनामा विशेष कार्यक्रम गरेको हो ।

हिन्दी साहित्यका राष्ट्रकवी भारतिय साहित्यकार रामधारी सिंह दिनकरको जन्मजयन्ती मनाईएको छ । दिनकरको १ सय १४ औ जन्मजयन्तीको अबसरमा नेपाल स्थित भारतिय राजदुताबासले विशेष कार्यक्रम गरेको हो । नेपाली साहित्यका वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा दिनकरलाई सम्झिएको थियो ।

दिनकरको २३ सितम्बर १९०८ मा बिहारमा जन्म भएको थियो । उनलाई भारतीय स्वतन्त्रतापुर्वको क्रान्तिकारी कविका रुपमा चिनिन्छ । उनलाइ पद्य बिभुषणले पुरस्कृत समेत गरिएको छ । उनको सम्झना गर्दै वरिष्ठ साहित्यकार शैलेन्द्र साकारले दिनकरलाई विश्व कविको उपाधी दिनु उपयुक्त हुने बताए ।

दिनकरले सामाजिक र आर्थिक समानता अनि शोषणका विरुद्ध कलम चलाएका छन् । उनका कुरुक्षेत्र, रश्मिरथी, उर्वशी, हुंकार, संस्कृति का चार अध्याय, परशुराम को प्रतीक्षा र हाहाकार लगायतका रचना विश्व प्रसिद्ध छन । उनको १९७४ सालमा तमिलनाडुमा निधन भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *