विकास रौनियार,धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सान्नानी सार्कीको हत्यामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत पुष २४ गते धुनीवेशी नगरपालिका–४ धादिङकी ७५ वर्षीय सान्नानी सार्कीको हत्या गरि फरार भएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय अनिल थिङ भन्ने जयबहादुर सिंगार, खोटाङका ३२ वर्षीय साजन विक, ओखलढुङ्गाका अबिसराज कार्की रहेका छन् । त्यसैगरी, लुटिएको गर–गहना खरिद गर्ने काभ्रे घर भइ काठमाडौं कालिमाटी बस्ने धनरत्न सुन चाँदी पसलका संचालक ४२ वर्षीय धन बहादुर कालिराज र सुन बिक्री गर्न सघाउने नुवाकोटकी ३३ वर्षिय पुष्पा कुमारी पौडललाई पक्राउ गरेको हो । उनीहरुले सार्कीको हत्या गरी गरगहना समेत लुटेका थिए । लुटिएको गरगहना ५० हजार ३८९ रुपैयाँमा बिक्री गरी रकम भागबन्डा गरेको अनुसन्धानबाट खुलेको छ ।
Leave a Reply