प्रचण्ड र बाबुरामबिच कस्तो सहकार्य ?(भिडियोसहित)

माओवादी छाडेका ९ वर्षपछि पुन बाबुराम भट्टराईसँगको सहकार्य लामो समयका लागि भएको दाबी

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

अमृत- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगको सहकार्य लामो समयका लागि भएको दाबी गरेका छन् । माओवादी केन्द्रकै चुनाव चिन्हमा चुनाव लड्ने सहमति भट्टराईले गरिसकेका छन् । माओवादी आन्दोलन छाडेर विभिन्न दल गरेका भट्टराईसँग अब लामो समय सहकार्य हुने दाबी प्रचण्डले गरेका हुन् ।

माओवादी शसष्त्र युद्धका सहयात्री डाक्टर वावुराम भट्टराईले माओवादी पार्टी छाडेको ९ वर्षपछि फेरी माओवादीकै चुनाव चिन्ह लिएर आगामी चुनावमा सहभागी हुँदैछन् । तत्कालका लागि माओवादीसँग चुनावी तालमेल भनिएपनि मओवादी अध्यक्ष प्रचण्डले भने भट्टराईसँगको सहकार्य लामो समयका लागि भएको दाबी गरेका छन् । उनले चुनावसम्मका लागि मात्रै नभएर धेरै लामो समयसम्म सहकार्य हुने बताएका हुन् ।

नेपालको संविधान जारी भएको एकसातामै भट्टराईले माओवादी छाडेको घोषणा गरेका थिए । विक्रम सम्बत् २०७२ साल असाजे १० गते माओवादी परित्याग गरेका भट्टराईले नयाँ शक्ति पार्टी, संघीय समाजवादी र जसपा हुँदै अहिले भने नेपाल समाजवादी पार्टी नामको दल निर्वाचन आयोगमा दर्ता गरेका छन् । ९ वर्षअघि नेपालमा माओवादी आन्दोलनको औचित्य सकिएको भन्दै समाजवादी यात्रातिर लागेका भट्टराई अहिले भने चुनाव जित्न माओवादीकै चुनाव चिन्ह लिन राजी भएका छन् । उनले समेत नेपालमा पछिल्लो समय गहिरिदै गएको संकटमोचनका लागि सबै राजनीतिक दलका बिचमा सहकार्यको आवश्यकता औंल्याएका छन् ।

प्रचण्ड वावुरामका बिचमा ९ वर्षपछि फेरी सहकार्यको तयारी भएपनि उनीहरुका बिचमा यस्तो सहकार्य ३ दशकसम्म चलेको थियो । तर बिचबाटोबाटै अलग भएका भट्टराई फेरी माओवादकै भविष्य रहेको निष्कर्षसहित प्रचण्डसँग सहकार्यका लागि तम्तयार भएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *