गठबन्धन भित्र सिट बाँडफाँडमा सकस, सय सिटको मात्र टुंगो लाग्यो (भिडियोसहित)

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

कैलाश/राजेन्द्र- आम निर्वाचन नजिकिदै गईरहेका बेला सत्तारुढ गठबन्धन भित्र भने अझै सिट बाँडफाँड टुंगिन सकेको छैन । पछिल्लो केहि समय देखि गठबन्धभित्र छलफल तिब्र बनेको छ । तर शिर्ष नेताहरु सम्मिलित छलफलले ठोस निर्णय भने गर्न सकेको छैन । मोटामोटी १०० एक सय सिटको टुंगो लागेको दाबी गरेपनी सत्तारुढ दलहरुलाई बाकि सिट टुंगो लगाउन भने, सकस भईरहेको छ ।

आम निर्वाचन आउन २ महिना भन्दा कम समय बाकि छ । तर चुनाबमा गठबन्धन गर्ने तयारीमा रहेका सत्तारुढ दलहरुले भने अझै सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । सिट बाँडफाड गर्न बनाइएको कार्यदलले टुंगो लगाउन नसकेपछी सिर्ष नेताहरु नै छलफलमा जुटेका छन । तर उनिहरुको हरेक छलफल निष्कर्ष बिहिन हुने गरेको छ । १ सय ६५ मध्ये अहिले सम्म १०० सिटमा कुरा मिलेको गठबन्धनका नेताहरुको दाबी छ । तर टाउको दुखाईको विषय बनेका क्षेत्रहरुमा भने सिटको टुंगो लगाउन अफ्ठेरो भईरहेको उनिहरु बताउछन ।

भागबण्डामा समस्या भईरहेपनी समयमै सिट बाडफाडमा टुंगोमा पुग्ने सत्ता गठबन्धनका नेताहरुको विस्वास छ । सिर्ष तहमै छलफल भईरहेको हुदा प्रचार प्रसारमा प्रयाप्त समय पुग्ने गरी सिट बाँडफाँड टुंगो लाग्ने उनिहरु बताउछन ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा मंसिर ४ को प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि तालमेल गर्ने भएका हुन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *