अभिषेक- पछिल्लो समय सडक दुर्घटना बढ्दो छ । काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यलयको तथ्याङ्क हेर्ने हो भने सडक दुर्घटना बढेको देखिन्छ । सवारी साधनको सङ्ख्या बढ्दै जानु र चालकको लापरबाही दुर्घटनाको प्रमुख कारण रहेको देखिएको छ ।
बिहिबार मात्रै पश्चिम रुकुम र मकवानपुरमा भएको सवारी दुर्घटनामा २५ जनाभन्दा बढिको निधन भयो । नेपालमा चाडपर्वको शुरु भएसँगै हरेक वर्ष दुर्घटनाको जोखिम समेत बढ्ने गरेको देखिन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७७/७८ मा मात्र ९ हजार पाच सय ४५ सवारी दुर्घटना भएका थिए । ७८/७९ मा १० हजार ७ सय ३३ दुर्घटना भए । यसै अर्थिक वषको भदौसम्म आइपुग्दा १९ सय १० सवारी दुर्घटना भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटनाको जोखिम कम गर्न काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यलयले चाडपर्व लक्षीत विशेष चेकिङ अभियान नै शुरु गरेको छ । जसअनुसार राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष हेल्प डेस्क सञ्चालन गरेको छ भने ६ वटा नाकमा विशेष चेकिङको व्यवस्था गरिएको छ ।
ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरण नियमित रुपमा विशेष चेकिङ गरिने बताएको छ । लामो दुरीका सवारीमा २ जना चालक राख्ने, सिट क्षमता भन्दा बढि यात्रु राख्नेलाई कारबाही गर्ने र सवारी साधनको अवस्था ठिक भएको नभएको जाँच गर्ने रणनिति ट्राफिक प्रहरीले अपनाएको छ ।
Leave a Reply