हिरासतमा रहेका व्यक्तिको नाममा गाँजाको पार्सल आएपछि…

 ग्लोबल टिभि           0

असोज ९– मण्डनदेउपुर–७, काभ्रेपलाञ्चकका मनोज राईलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले २० भदौमा हुलाकबाट आएको ३ किलो ७० ग्राम लागूऔषध गाँजासहित पक्राउ गर्‍यो ।

अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर हिरासतम रहेका बेला उनको नाममा पुनः अमेरिकाबाट अर्को पार्सल आएको भेटिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र तिम्सिनाका अनुसार अमेरिकाबाट आएको लूगाको पार्सलभित्र लुकाएको अवस्थामा एक किलो ३३० ग्राम लागूऔषध गाँजा बरामद भएको हो ।

‘अमेरिकाबाट आएको सर्ट, जिन्स लगायतमा गाँजा भेटिएको हो’, एसपी तिम्सिनाले भने । केही अघि पक्राउ परेका व्यक्तिकै नाममा पार्सल आएपछि गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारले लागूऔषध नियन्त्रण ब्यूरोलाई खबर गरेको थियो । त्यसक्रममा थप गाँजा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *