दशैँ तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्दो(भिडियोसहित)

अघिल्ला वर्षका तुलनामा महंगी बढेको उपभोक्ताको गुनासो

 ग्लोबल टिभि      आइतवार, अशोज ९, २०७९      0

सुनिता– चाडपर्व नजिकिए संगै बजारमा मानिसहरुको चहलपहल बढेको छ । काठमाडौँको न्युरोड, असन लगाएतका बजारक्षेत्रमा मानिसहरुको चहलपहल बाक्लिएको देखिएको छ । केही समयअघिसम्म खासै चहलपहल नदेखिएको भएपनि अहिले भने हरेक दिन बढिरहेको व्यवसायीहरुको भनाई छ ।

चाडपर्व नजिकिएसँगै बजारमा सामान खरिद गर्ने मानिसहरुको चहलपहल बढ्दो छ । विशेषगरी काठमाडाँैका मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, ईन्द्रचोक र महाबौद्घ लगाएत स्थानहरुमा बस्तु खरिद गर्ने सर्वसाधारणहरुको चहलपहल बढ्दो छ ।

नेपालीहरुको ठुलो पर्व दशैं सोमबारबाट शुरु हुँदैछ । त्यही पर्वकै लागि बस्तु खरिद गर्ने क्रम शुरु भएको हो । उपभोक्ताहरु भने अघिल्ला वर्षका तुलनामा यसपालि हरेक बस्तुको भाउ बढेको बताएका छन् ।

दशैंलगत्तै अर्को ठुलो पर्व तिहार र छठ समेत भएका कारण बजारमा पर्वका समयमा चहलपहल बढ्ने गरेको छ । अघिल्ला वर्ष कोरोना महामारीको जोखिम कायमै रहेका कारण यसपालि धेरै मानिस जन्मथलो फर्कने देखिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *