एमाले मधेशमा आक्रामक, के एमालेले मधेशमा चुनाव जित्ला ?(भिडियोसहित)

ओलीको मधेश मोह

 ग्लोबल टिभि      आइतवार, अशोज ९, २०७९      0

विकास/गणेश– नेकपा एमालेका अध्यक्ष सहितका नेताहरू संघीय निर्वाचन नजिकिएसँगै मधेशमै बास बस्न थालेका छन् फरक नपर्ला । एमालेले आक्रामक रुपमा चुनाव प्रचार गरिरहेको छ र नेताहरूको दौड व्यापक छ । एमालेले दुई सातामा मधेश केन्द्रीत राजनीति गर्ने दल जसपा र लोसपाका मात्रै ६ सांसदलाई एमालेमा भित्र्याएन मात्रै, हजारौंका संख्यामा पार्टी प्रवेश पनि गराएको छ ।

नेकपा एमाले संघीय निर्वाचन नजिकिएसँगै मधेशमा आक्रामक रुपमा प्रस्तुत भएर चुनाव प्रचार गरिरहेको छ । उसले दुई सातामा मात्रै मधेश केन्द्रीत राजनीति गर्ने दल जसपा र लोसपाका मात्रै ६ सांसदलाई एमालेमा भित्र्याएन मात्रै, हजारौंका संख्यामा पार्टी प्रवेश पनि गरेको जिकिर गरिरहेको छ । एमालेले दाबी गर्दै आएको छ, यसबीचमा अन्य पार्टीबाट एमालेमा प्रवेश गर्नेको संख्या एक लाख पुग्यो भनेर ।

एमालेले किन मधेशलाई प्राथामिकतामा राखेको छ ?

एमाले पदाधिकारी मध्ये अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल मात्र प्राय देश दौडाहमा निस्किएको देखिन्छ । पोखरेल भन्दा अझ बढी अस्वस्थ्थ ओलीनै कार्यकता, नेताहरूलाई प्रशिक्षण दिन, पार्टी प्रवेश गराउन र सम्बोधन गर्न निस्किने गरेका छन् । ओलीले स्थानीय तह निर्वाचनमा पनि देश दौडाह गरेका थिए, ओलीको त्यसबेलाको देश दौडाहले पार्टी फुट रोक्न सकेको र थप क्षति पार्टीलाई हुन नदिएको एमालेको जिकिर छ । संघीय निर्वाचन नजिकिएसँगै ओलीले गएको एक–दुई महिना अघिदेखिनै देश दौडाह सुरु गरेका छन् । तर, पछिल्लो १५ दिनको ओलीको सेड्युल हेर्दा ओली दिउँसो काठमाडौं कम मधेशमा बढी रहेको देखिन्छ । ओलीले मधेशलाई प्राथामिकता रखेको त्यहि तथ्यले पुष्टि गर्छ । तर, किन ओली मात्रै निस्किन्छन् त देश दौडाहमा, कि अन्य नेता नभएर ?

एमालेको स्वमुल्यांकन छ, आफूहरू मधेश बाहेकका अन्य ठाँउमा शक्तिशाली रहेको भन्ने । पहाड र हिमालमा एमालेको जनलहर राम्रो रहेको त गएको स्थानीय तह निर्वाचनको नतिजाले नै पनि देखाएको छ । यसपटक नागरिकता विधेयकको विषयले मधेशमा पार्टीलाई क्षति होलाकी भन्ने डर एमालेलाई छ । र त पार्टी अध्यक्ष ओली मधेश केन्द्रीत भएका मात्र छैनन्, नागरिकता विधेयकबारे आफ्नो पार्टीको धारणा र एमालेको स्ट्याण्डका बारे जानकारी दिई रहेका छन् । एमालेको रणनीति सत्तारुढ दलमा सिट बाडफाडको किचलो र मधेश केन्द्रीत दल पनि टुक्रा–टुक्रामा फुटेको हुँदा यहि मौकामा मधेशमा चुनावमा राम्रो नतिजा ल्याउने छ । जुन ओलीको रणनीतिलाई मधेशका जनताले साथ दिए मात्र पुरा हुने छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *