परम्परागत शैलिमा राखियो हनुमानढोकाको दसैँ घरमा जमरा

 ग्लोबल टिभि      सोमवार, अशोज १०, २०७९      0

असोज १० –काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच सोमबार जमरा राखिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । सोही परम्पराअनुसार हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजै वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु गरिएको हो ।

सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । ​दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ। यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन ।

हनुमानढोकाको दसैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *