मोरङमा हायस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचामा हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । थप दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवाल रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा ज्यान गएको हो ।

काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा परेर हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका उत्सव गिरी गम्भीर घाइते भएका छन् । दुवैको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *