अक्षयकुमार अभिनित फिल्म ‘राम सेतु’को टिजर सार्वजनिक

 ग्लोबल टिभि           0

असोज १०– अभिनेता अक्षय कुमार अभिनित बहुप्रतिक्षित फिल्म ‘राम सेतु’ को टिजर सार्वजनिक भएको छ । दर्शकको प्रतिक्षित सूचींमा रहेको फिल्मको टिजर सार्वजनिक भएपछि फ्यानहरु फिल्मका लागि उत्साहित देखिएका छन् । फिल्मको टिजरमा अक्षयकुमार पुरातत्वविद्को भूमिकामा देखिएका छन् । जसमा उनी राम सेतु बचाउन तीन दिन मात्रै समय भएको बताउँछन् ।

फिल्मको सानो झलक पाएपछि सामाजिक सञ्जालमा मानिसहरु उनका फ्यानले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । टिजरको कमेन्ट गर्दै एक फ्यानले लेखेका छन् ‘फिल्मको लागि उत्सुकता पूर्वक प्रतिक्षा गर्दैछु ।’ यस बाहेक धेरैले यो पोस्टमा फायर इमोजी पनि सेयर गरिरहेका छन् । फिल्म २५ अक्टोबर रिलिज हुँदैछ । फिल्ममा अक्षय कुमारसँगै ज्याकलिन फर्नान्डिज, सत्यदेव कंचराना पनि मुख्य भूमिकामा छन् ।

अक्षयकुमारका लागि २०२२ खासै राम्रो साबित हुन सकेन । यो वर्ष उनका तीन फिल्म ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ बक्स अफिसमा असफल साबित भए । यी ठूला फिल्मबाट उनले धेरै अपेक्षा गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *