बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

 ग्लोबल टिभि           0

असोज १०– बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ ।

यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । ‘आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ,’ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिएका छन् ।

उनले केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिएका थिए । सो डुङ्गामा एकसय जनाजति यात्रु रहेका बताइएको छ । अहिले पनि डुङ्गामा रहेका अरु १० देखि १२ जना जति यात्रु हराइरहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उनले जानकारी दिए । डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *