पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

विकास रौनियार, धादिङ । गएराती करिब १ः ३० बजे तिर पृथ्वीराजमार्गमा भएको बस दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्र्तगत पर्ने गजुरी २ स्थित फुर्खेखोलामा काठमाडौंबाट रौतहट तर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरी का प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भयो ।

प्रदेश नम्बर ३–०२–००६ ख १२४९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । दुर्घटनाग्रस्त बसले पार्किङ गरिराखेको हाइस र ट्याक्टरलाई पनि ठक्कर दिएपनि कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । बसमा २८ यात्रु सवार रहेकोमा बांकी यात्रुलाई उद्धार गरी प्रहरीले आफ्नो गन्तव्य तर्फ पठाएको जानकारी दिएको छ ।

घाइतेहरुको गजुरी स्थित अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये २ बालिका समेत ६ महिला र १३ पुरुष रहेको बताइएको छ । बसका चालक रौतहट स्थित गौर नगरपालिका ३ बस्ने फक्रोदिन अन्सारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *