थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

 ग्लोबल टिभि      सोमवार, अशोज १०, २०७९      0

असोज १०– पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार ८४ जना निको भएका छन् । जसमध्‍ये १ हजार १३० जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइशोलेशन र १० जना आईसीयूमा छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५९५ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *