मनास्लु हिमपहिरोमा परी १ जनाको मृत्यु

१५ जना घाइते

 ग्लोवल टि.भी.      सोमवार, अशोज १०, २०७९      0
x]lnKof8 8fF8fdf lxdkft a}t8L, !* k’; M a}t8Lsf] ;taFfeml:yt x]lnKof8 8fF8fdf ePsf] lxdkft . t:jL/M ljgf]b l;+x lji6÷/f;;

असोज १०– चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् ।

हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उहाँहरु पर्नुभएछ ।’ मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।

‘घटनाबारे खबर आउनेबित्तिकै हामी उद्धारका लागि पहल गरिरहेका छौं, सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न सकिरहेको छैन’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ । पर्यटन विभागकी शाखा अधिकृत यशोदा अर्यालसँग आफूहरुले जानकारी लिइरहेको बताउदै प्रजिअ आचार्यले मनाङको भीमथाङमा पनि एक जना बिदेशी नागरिक हराएको खबर आएको जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *